पेस्तोलसहित एक पक्राउ
शनिबार, २८ भदौ २०७६, १२ : ५२
१
जनकपुर । धनुषामा एकजनालाई सशस्त्र प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको एक टोलीले जनकपुरस्थित सोहनामा चेकजाँच गर्दा धनुषाको धनौजी गाउपालिका – २ बस्ने ३२ वर्षीय मनिष मिश्रको साथबाट १ थान कटुवा पेस्तोल, ७.६२ एमएमको २ राउण्ड गोली र एक थान साइकलसहित पक्राउ परेको सशस्त्र प्रहरी उपरिक्षक गणपति राजेश उप्रेतीले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिका–२५ स्थित सोहनामा सशस्त्र प्रहरीको गणबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र कुमार झाको कमाण्डमा रहेको ४ जनाको टोलीेले चेकजाँच गर्ने क्रममा अभियुक्त मिश्र हतियारसहित पक्राउ परेको उप्रेतीले बताए ।
पक्राउ परेका मिश्रलाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण