बार्सिलोनाको सानदार जित
लुईस स्वारेजले दुई गोल गरेको खेलमा साविक विजेता बार्सिलानाले स्पेनिस ला लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोलले हरायो । बार्सिलोनाको जितमा लुईस स्वारेजले दुई, अन्शु फाती, डी जोङ र जेरार्ड पीकेले एक एक गोल गरे । भ्यालेन्सियाका लागि केभिन गामिरो र म्याक्सी गोमेजले एक एक गोल गरे ।
पहिलो रोजाईमा परेको बार्सिलोनाका १६ बर्षीय फातीले दोस्रो मिनेटमै खाता खोलेका थिए । सातौ मिनेटमा गोल गर्दै डी जोङले बार्सिलोनाको अग्रता दोब्बर बनाए । पाहुना टोलीका गेमिरोले २७आंै मिनेटमा एक गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरे । ५१आंै मिनेटमा जेरार्ड पीकेले गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए । ६१औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–१ को स्थितीमा ल्याए ।
८२औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा गोमेजले गोल गर्दै भ्यालेन्सियाको हारको अन्तर घटाएका थिए । जितसँगै चार खेलबाट सात अंक बनाएको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ । चार अंक बनाएको भ्यालेन्सिया १४औं स्थानमा छ ।
ला लिगाकै अन्य खेलमा शीर्ष टोली एट्लेटिको म्याड्रि«ड रियल सोसियडाडसँग २–० गोलले पराजित भएको छ । सोसियडाडको जितमा मार्टिन ओडेगार्डले ५८औं र नाचो मोनारेलले ६१औं मिनेटमा गोल गरे । हारेपनि शीर्ष स्थानमा रहेको एट्लेटिकोको नौ अंक छ । सोसियडाड सात अंक सहित छैटौं स्थानमा छ । अर्को खेलमा भिल्लारियलले लेगानेसलाई ३–० गोलले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण