जानकी मन्दिर तोडफोडका आरोपीले पाए सफाई
जनकपुर – तेश्रो मधेश आन्दोलनको क्रममा भएको जानकी मन्दिरमा रहेको प्राचिन स्मारक तोडफोडको मुद्दाको फैसला आज भएको छ । धनुषा जिल्ला अदालतले जानकी मन्दिरको गृहगर्भमा गएर प्राचीन स्मारक तोडफोड मुद्दाको अभियोग प्रमाणित नभएकाले करिब एक दर्जनले आइतबार सफाई दिएको हुन् ।
धनुषा अदालतको इजलास नम्बर ७ का न्यायाधीश राजेश कटुवालले सुनाइउको फैसलामा अभियोग प्रमाणित नभएकोले सफाई दिएको अधिवक्ता कौशलेन्द्र लालले जनाए । राष्ट्रपति विद्यादेवी भण्डारी प्रकरणमा जानकी मन्दिरमा तोडफोडमा संलग्न रहेको दावी गर्दै दर्जनौ माथि लिखित जाहेरी दिएको थियो ।
तराई मधेशमा भएको ६ महिना नाकाबन्दीको क्रममा भएको विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आन्दोलनकारीले जनकपुर नआउन भन्दाभन्दै पनि जानकी मन्दिरमा आएपछि अवस्था तनावग्रस्त उत्पन्न भएको थियो ।
सो क्रममा दर्जनभन्दा बढीमाथि मुद्दा लागेको थियो भने आरोपित भनिएका सुशिल कर्ण, शिला झा, अशोक प्रसैला यादव, विवेक चन्द्र अधिकारी, रामजी राय, सरिता शर्मा, रामचन्द्र चौधरी, सीता देवि, बिमला देवि लगायतकाहरुको तर्फबाट अधिवक्ताहरु राम चन्द्र महतो, कौशलेन्द्र लाल कर्ण, श्याम यादव, दिपेन्द्र साह, कृष्ण झा,अबदुल अजिज लगायतकाले बहस गरेका थिए।
अभियोग लागेका मध्य तत्कालीन सदभावना पार्टी धनुषाका नेता रामचन्द्र चौधरीको निधन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण