सर्लाही गोली काण्डमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ
सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार राति भएको गोली काण्डमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गोली काण्डमा संलग्न ईश्वपुर नगरपालिका–११ करमुहान निवासी २७ वर्षीय रञ्जित राय र ३२ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
ईश्वरपुर नगरपालिका–११ करमुहान निवासी ३५ वर्षीय राजेश साहलाई शनिबार राति ८ बजे गाउँ नजिकै गोली लागेको थियो । गोली लागेका साहले नै बोकेको पेस्तोल पक्राउ परेका रञ्जित रायले असावधानिकरुपमा चलाउँदा साहलाई नाइटो नजिक गोली लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका उमेश साह गोली लागेका राजेश साहका भाई हुन् । घटनामा प्रयोग भएको मेड इन युएसए ११७० लेखिएको ७।५ एमएम कैलिबरको पेस्तोल एक थान र दुई थान गोली, पेस्तोल प्रयोग हुने म्यागजिन एक थान ईश्वरपुर–११ करमुहानबाट खैरातर्फ जाने बाटोको झाडीबाट प्रहरीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए । गोली लागेका साहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण