संसदमा बाँके घटना फेरि ब्युतियो : काँग्रेस र नेकपा सांसदबीच चर्काचर्की, संसद बैठक स्थगित
काठमाडौँ – बाँके घटनालाई लिएर प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदबीच चर्काचर्की परेको छ ।
काँग्रेस सचेतक पुष्पा भुसालले बाँके घटनाको बारेमा आफ्नो धारणा राखे लगत्तै नेकपाका सांसद नन्द लालले नगरपालिका–१ का वडाध्यक्ष सुमन मल्लको कुनै संलग्नता नरहेको भनेपछि काँग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।
लालले काँग्रेसको कार्यक्रमा कुनै धक्कामुक्का नभएको र काँग्रेस बाँके जिल्ला सभापतिमाथि कुनै आक्रमण नभएको दाबी समेत गरेका थिए ।
लालले काँग्रेस आन्दोलनमा उत्रिए नेकपा पनि आन्दोलनमा उत्रिन तायर रहेको भनेपछि काँग्रेस सांसदहरु बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए ।
काँग्रेसले बेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख कृष्ण बहादुर महाराले संसद बैठक असोज १ गतेसम्मका लागि स्थगित गरेका छन् ।
पार्टीको बाँके जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरेको आरोपमा खजुरा गाउँपालिका–१ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएकाले आजको संसद बैठक अवरुद्ध नगर्ने सचेतक पुष्पा भुसालले जनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घट्दै सर्पदंशको उपचार लिने बिरामी
-
साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत
-
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
