अमेरिकासँग निर्णायक वार्ताका लागि उत्तर कोरिया सकारात्मक
प्योङयाङ- प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले संयुक्त राज्य अमेरिकासँग ‘निर्णायक’ वार्ताका लागि तयारी वार्ता गर्न आफू सकारात्मक रहेको सोमबार जनाएको छ ।
राज्य सञ्चालित कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले विदेश मन्त्रालय अन्तर्गत अमेरिकी मामिला विभागका महानिर्देशकलाई उद्धृत गरी भनेको छ, “अमेरिका–उत्तर कोरिया वार्ताका लागि कि त सम्बन्ध सुधार गर्ने कि तनावको सामना गर्ने दुई विकल्प रहेका छन् ।”
नाम उल्लेख नगर्ने शर्तमा एक उत्तर कोरियाली अधिकारीले भने, “निकट भविष्यमा हुन लागेको छलफल अमेरिका र उत्तर कोरियाबीचको आगामी बाटो तय गर्नका लागि निर्णायक हुने भएकाले प्योङ्याङले यसबीचमा गरिने पहलहरूलाई स्वागत गर्नेछ ।”
उनले भने “चेतावनी र तनावलाई अन्त्य गर्दै हाम्रो प्रणाली विकासको सुरक्षा र अवरूद्धताबारे देखिएका आशङ्कालाई हटाएर अघि बढेमा निशस्त्रीकरणबारे वार्ता र छलफललाई अघि बढाउन सकिन्छ ।”
यसै बर्षको फेव्रुअरीमा भियतनामको हनोईमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ अनबीचको शिखर सम्मेलनले निर्दिष्ट लक्ष्यमा नपुगेपछि अवरूद्ध बनेको वार्तापछि उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा थप प्रगति हुन सकेको छैन । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिन तेन्दुलकरको घरमा तैनाथ सुरक्षाकर्मीले गरे आत्महत्या
-
कर्णालीमा जेठ ११ गते बोलाइयो बजेट अधिवेशन
-
एमालेको भागमा अर्थसहित ५ र माओवादीलाई भौतिकसहित तीन मन्त्रालय
-
यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालकलाई कारबाही
-
पेरिस ओलम्पिकका लागि स्यान्टु छनोट
-
उथलपुथलको पाँचौँ शृङ्खलामा ‘ग्रिस क्रान्ति’ : साम्राज्यवादविरुद्ध विश्वलाई नयाँ सन्देश दिएको त्यो क्रान्ति