जनकपुरमा कर्मचारीले मनाए संविधान दिवस, मन्त्रीद्वारा बहिस्कार
जनकपुर– मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थितिबिनै २ नम्बर प्रदेशमा संविधान दिवस अन्तर्गत पहिलो दिनको कार्यक्रम मनाइएको छ ।
संविधान दिवसका अवसरमा प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा बिहिबार विहान तीन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन सरसफाई तथा डेङ्गु रोकथाम सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हो । तर यो कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरु भने देखा नै परेनन् ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकले बिहीबार जनकपुरको जिरोमाइल र बसपार्कमा बृहत सरसफाइ कार्यक्रम राखेको थियो । कार्यक्रममा डेङ्गुबाट बच्ने उपायसम्बन्धी पर्चा र पम्लेट वितरण गरिएको छ । संविधान दिवसका अवसरमा भएको पहिलो दिनको कार्यक्रममा मन्त्रीहरुको सहभागिता नहुनु दुःखद रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक कर्मचारीले गुनासो गरे ।

संविधान दिवस मनाउन मन्त्री र नेताहरु उपस्थित नभएपनि स्थानीय प्रशासन र निजामति कर्मचारीहरु सहभागी रहेका थिए । संविधान संशोधनको माग गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपालले औपचारिक रुपमै विरोध गर्दै कालो दिवस मनाउने घोषणा गरिसकेको छ भने सत्तारुढ समाजवादी पार्टी मौन छ । सोही कारण मुख्यमन्त्री तथा मन्त्रीहरु कार्यक्रममा सहभागी नबनेको बताइएको छ ।
प्रदेश सरकारको प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफू वीरगञ्ज रहेको जानकार दिँदै भने, ‘संविधान संशोधन आवश्यक रहेको र सरकारमा रहेकोले संविधान दिवस मनाउनु पर्ने नै भएकोले पनि मनाइएको हो ।’ उनले असन्तुष्टि कायमै रहेकोले गर्दा पनि अन्य मन्त्री साथीहरु नगएको हुन सक्ने अनुमान गरे ।
मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थिति बारे प्रदेश सरकारका मुख्य सचिव दीपक सुवेदी आफू काठमाडौँमै रहेको भन्दै यसबारे केही बताउन नसकिने भन्दै पन्छिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण