राष्ट्रियसभाबाट भएको संशोधनलाई प्रतिनिधिसभाद्वारा स्वीकृत
काठमाडौं– सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टर भेलिङ विधेयक २०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५ सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ । राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त यी दुई विधेयकलाई प्रतिनिधिसभाको विहिबारको दोश्रो बैठकले सर्वसम्मति स्वीकृत गरेको हो ।
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक २०७५ का सम्बन्धमा नेपाली काँग्रेसका सांसद डाक्टर मिनेन्द्रप्रसाद रिजाल र प्रेम सुवालले आर्थिक अनुशासन कायम रहने गरि बलियो कार्यविधि बनाउनुपर्ने सुझाव दिएका हुन् । प्रत्येक व्यक्तिको भागमा रहेको ऋण घटाउने, व्यापार घाटा कम गर्ने, भ्रष्टाचार नियन्त्रण लगायत विषय सम्बोधन गर्ने गरि कार्यविधिमा व्यवस्था गर्नुपर्ने धारणा उनीहरुले राखेका थिए ।
छलफलमा सांसदहरुबाट उठेका जिज्ञासाको सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै समस्याको एउटै हल आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन मात्रै नभएको भन्दै आर्थिक अनुशासन पालना गराउनका लागि अन्य कानुनहरुको पनि उत्तिकै प्रभावकारी कार्यान्वयन गर्न सके आर्थिक विसंगतिको समाधान गर्न सकिने बताए । अर्को बैठक आजै अपरान्ह साढे २ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण