कोरिया जापानबीच यसै हप्ता कूटनीतिक वार्ता हुने
एजेन्सी– जापान र कोरियाबीचमा पछिल्लो समयमा व्यापारसम्बन्धी विवाद देखिएको बेला यी दुई देशका अधिकारीबीच यसै हप्ता कूटनीतिक वार्ता हुने भएको छ । समाचारमा जनाइएअनुसार यसै हप्ता जापान र कोरियाका महानिर्देशक तहका अधिकारीबीच सो वार्ता हुने भएको हो ।
दक्षिणको कोरियाको विदेश मन्त्रालयले बिहीबार जनाएअनुसार दक्षिण कोरियाको विदेश मन्त्रालयका एसिया प्यासिफिक क्षेत्रीय मामिलाका महानिर्देशक किम जङ हन र उनका जापानी समकक्षी सिगेकी ताकिजाकीबीच सो वार्ता हुन लागेको हो ।
दक्षिण कोरियाको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिका अनुसार आगामी शुक्रबार उक्त द्विपक्षीय वार्ता हुन लागेको छ । उक्त वार्ताका क्रममा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी हुने जानकारी सो विज्ञप्तिमा दिइएको छ ।
यी दुई देशबीच पछिल्लो समयमा आयात निर्यातका वस्तुहरु र करका विषयमा विवाद उत्पन्न भएको छ । सोही विवादलाई सहज बनाउने प्रयासस्वरुप उनीहरुबीच यो तहमा वार्ता हुन लागेको अधिकारीहरुले जानकारी दिएका छन् ।
गत महिना यस विषयमा विवाद उठेपछि यी दुई देशबीचमा कुनै द्विपक्षीय वार्ताका लागि भएको यो पहिलो पहल भएको अधिकारीहरुले जानकारी दिएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण