यसकारण स्थगित भयो प्रधानमन्त्रीको सम्बोधन
बिहीबार, ०२ असोज २०७६, १५ : २२
काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले संसदमा गर्न लागेको सम्बोधन अन्तिम समयमा स्थगित भएको छ । संसद अधिवेशन अन्त्य हुने भएकाले बिहीबार दुवै सदनमा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएपनि अन्तिम समयमा सम्बोधन स्थगित भएको हो ।
यसअघि प्रधानमन्त्री ओलीको सचिवालयले बिहीबार दिउँसो साढे २ बजे प्रतिनिधि सभा र त्यसपछि राष्ट्रिय सभामा सम्बोधन गर्ने सूचना दिएको थियो । प्रधानमन्त्रीको संसदमा सम्बोधन स्थगितबारे सोध्दा प्रधानमनत्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार संविधान दिवस परेको र त्यही दिन बोल्ने भएकाले आजको सम्बोधन स्थगित भएको जवाफ दिए ।
प्रधानमन्त्रीले शुक्रबार संविधान दिवसका अवसरमा टुँडिखेलमा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । ओलीको सट्टा संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्बोधन गर्ने अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण