पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लागेका छन् । संयुक्त राष्ट्रसंघ साधारण सभाको ७४ औ अधिवेशनमा भाग लिन न्युयोर्क जानुअघि उनी दुई दिनको भ्रमणका क्रम साउदी अरेबिया पुग्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ
साउदी भ्रमणको क्रममा प्रधानमन्त्रीले साउदी नेतासँग भारतीय नियन्त्रित काश्मिरको ‘गम्भीर अवस्था’ को विभिन्न विषयमा छलफल गर्नेछन् । उनले काश्मिरको विशेष स्थिति खारेज गर्ने भारत सरकारको गत महिना निर्णयपछिको अवस्थाको विषयमा छलफल गर्नुहुने बताइएको छ ।
प्रधानमन्त्री खानले काश्मिरको मुद्दामा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग नियमित सम्पर्कमा रहनु भएको कुरा प्रधान मन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ । प्रधानमन्त्रीको भ्रमणको क्रममा दुबै पक्षले आर्थिक साझेदारीलाई थप सुदृढ पार्ने तरिकाहरूमा पनि छलफल गर्नु हुने अनुमान गरिएको छ ।
साउदी राजकुमारले सन् २०१९ फेबु्रअरीमा पाकिस्तानको भ्रमण गरेका थिए । पाकिस्तान र साउदी अरेबिया सम्बन्धमा बढ्दो गति बढदै गएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण