वाटफोर्डमाथि सिटीको गोल बर्षा
इङ्लिस प्रिमियर लिग फुटबलको साविक विजेता म्यानचेस्टर सिटीले वाटफोर्डमाथि गोल बर्षा गरेको छ । शनिबार राति भएको खेलमा सिटीले वाटफोर्डलाई ८–० गोलले हरायो ।
घरेलु मैदानमा भएको एकपक्षीय खेलमा सिटीलाई जिताउन बर्नाडो सिल्भाले ह्याट्रिक गरे । बर्नाडोले १५औं, ४९औं र ६०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । १८ मिनेटमा पाँच गोल गरेको सिटीका लागि यसअघि खेलको पहिलो मिनेटमै डेभिड सिल्भाले खाता खोलेका थिए ।
यसैगरी सर्जियो अग्युरोले सातौं, रियाद महारेजले १२औं, निकोलस ओकामेन्डीले १८औं र केभिन डे ब्रुयनले ८५औं मिनेटमा एक एक गोल गरेका थिए । खेलभर सिटीको दबाब खेपेको वाटफोर्डले गोल गर्नलायक कुनैपनि अवसर बनाउन सकेन । जितसँगै दोस्रो स्थानमा रहेको सिटीले ६ खेलबाट १३ अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुल १५ अंक सहित शीर्ष स्थानमा छ । दुई अंक बनाएको वाटफोर्ड तालिकाको अन्तिममा छ ।
यसैगरी शनिबार राति नै भएको अन्य खेलमा बर्नलीले नर्विच सिटीलाई २–० र सेफिल्ड युनाइटेडले पनि एभर्टनलाई २–० गोलले हराएको छ । जितसँगै बर्नली र सेफिल्ड युनाइटेडले समान आठ अंक बनाएका छन् । अर्को खेलमा न्युक्यासल युनाइटेट र ब्राईटनले गोलरहित बरबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण