मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल थप ‘पावरफुल’
काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल थप शक्तिशाली भएका छन् ।
उनलाई विदेश मन्त्रालय अन्तर्गतका सम्पूर्ण जिम्मेवारी दिइएको छ । अब परराष्ट्रमन्त्री एस.जयशंकरले आफ्नो मन्त्रालयको ‘रिर्पोर्टिङ’ सल्लाहकार डोभललाई गर्नुपर्ने हुन्छ । राष्ट्रिय सुरक्षा, नीति मामला, विदेश मामला नीति, विदेश मन्त्रालय, प्रवासी भारतीय मामला, रक्षा, अन्तरिक्ष, परमाणु ऊर्जा र अनुसन्धान तथा विश्लेषण विभागको मन्त्रालयसँग सम्बन्धित सम्पूर्ण कार्य उनको मातहतमा हुने भारतीय विदेश मन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि भारतीय जासुस एजेन्सी ‘रअ’ ले प्रधानमन्त्रीलाई रिर्पोटिङ गथ्र्यो अब डोभलाई गर्नुपर्ने हुन्छ । उनी पहिलो कार्यकालमा पनि जिम्मेवारीको हिसावले शक्तिशाली नै थिए । तर त्यतिबेला उनको प्रोटोकल तय नगरेको कारण मन्त्रीहरुलाई रिर्पोङ गर्न समस्या हुन्थ्यो । त्यही भएर यो दोस्रो कार्यकालमा डोभललाई मन्त्रीको वरियताक्रममा राखिएको छ । खासगरि छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध कस्तो हुने त्यसको विश्लेषण गरी नीति बनाउने जिम्मेवारी पनि डोभलकै हुने भएको छ ।
त्यति मात्र होइन, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र रसायनिक हतियारका लागि राष्ट्रिय प्राधिकरणसँग सम्बन्धित सबै विषयको रेखदेख उनकै मातहतमा हुने बताइएको छ ।
त्यसैगरि, नेशनल सोशलिस्ट काउन्सिल अफ नागालैंडमा रहेका अलगावादीसँग वार्ता गर्ने जिम्मेवारी पनि डोभललाई नै दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण