शाहरुख खान र संजय दत्तमाथि बबाल भएन, शाहिदको पछाडि चाँही किन ?
मुम्बईमा आयोजित इन्डिया टुडे कन्क्लेभ सन् २०१९ मा नायक शाहिद कपुरको उपस्थिती रह्यो । उक्त कार्यक्रममा उनले आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनबारे कुरा गर्नुका साथै आफ्नो विवादित तर सुपरहिट फिल्म कबिर सिंहबारे पनि चर्चा गरे ।
शाहिदलाई ‘के यो फिल्ममा केही यस्ता दृश्य थिए जसका कारण तपाईंले असहज महसुस गरिरहनु भएको थिए ? के यी क्यारेक्टरको कमीका कारण यो भूमिका निभाउन असहज महसुस भइरहेको थियो ?’ भनेर प्रश्न गरिएको थियो ।
यसको उत्तर दिँदै उनले भने, ‘बाजिगरमा शाहरुख खान शिल्पा शेट्टीलाई बिल्डिङबाट खसालिरहेको देखिन्छन् र मानिसहरु शाहरुख खानले बदला लिएको भन्दै खुसी हुन्छन् । फिल्म सञ्जुमा रणबीर कपुरले सोनमलाई गलामा मंगलसूत्रको रुपमा टोयलेटको सिट लगाइदिएको देखिन्छन् । उक्त फिल्मले सबै अवार्ड पायो, कसैलाई केही समस्या भएन ।’
उनले थपे, ‘यसबाहेक एउटा फिल्म पनि आइरहेको छ ‘जोकर’ जसबारे तपाईंले सुन्नु भएकै होला, उसको भूमिका पनि तपाईंले देख्नुभएको होला ट्रेलरमा उनी कति धेरै क्रेजी छन् । त्यसकारण म यो बुझ्दिनँ कि जब हरेक समयमा यस्ता पात्र लेखिन्छन् भने सबैजना किन कबिर सिंहको पछि लागिरहेका छन् ?’
उनले थपे, ‘हामीले फिल्मको प्रोमो दुई महिनाअघि देखि रिलिज गरेका थियौं । यदि कसैले फिल्मको टिकट किन्नुभएको छ भने उहाँहरुले केही हेर्न नै चाहनुभएको होला । यो फिल्ममा प्रिती (कियारा आडवाणी) कबिर सिंहभन्दा स्ट्रङ्ग देखाइएको छ । कबिरले आफूलाई कसरी ह्यान्डल गर्ने भनेर जान्दैनन् । प्रत्येक कबिरलाई प्रितीजस्तो क्यारेक्टर चाहिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण