राष्ट्रपतिको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन (फोटोफिचर)
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले भ्रष्टाचार,महँगी, तस्करी र कालो बजारी रोक्न नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । तरुण दलले आइतबार माइतीघर मण्डलामा ‘तरुण युवाको खबरदारी’ कार्यक्रम आयोजना गरेर विरोध प्रदर्शन गरेको हो ।
साथै संविधान दिवसको अवसरमा असोज ३ गते राष्ट्रियसभा भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
तरुण दलका नेता–कार्यकर्ताहरुले राष्ट्रपतिलाई पदीय मर्यादामा बस्नुपर्ने भन्दै नाराबाजी गरेको थिए । तरुण दलले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म राष्ट्रपति र सरकारविरुद्ध चर्का नाराबाजी गर्दै खबरदारी र्याली गरेको थियो ।
संविधान दिवसका दिन राष्ट्रपति भण्डारीले आफूभन्दा अगाडि बोलेका काँग्रेस सभापति देउवाले दिएको अभिव्यक्ति व्यांग्य गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘सुझावका रुपमा कुरा राख्छु । यो मञ्चमा वक्ताले बोलेको केही नबुझ्ने रहेछ ।
नेताहरुले जोशिएर बोल्नुभयो। फ्लोरबाट राम्रो स्वागत भयो। ताली बज्यो । राम्रो बोल्नुभयो जस्तो लाग्यो । तर, के बोल्नुभयो भन्ने कुरा आम रुपमा बुझिएन । कान सुनिएन । अब मिडियाबाट थाह पाइएला ।’
देउवालाई लक्षित गरेर दिएको अभिव्यक्ति राष्ट्रपतिको पदीय मर्यादा विपरीत भएको भन्दै काँग्रेस कार्यकर्ताले समाजिक संजालमा पनि आक्रोश पोखेका थिए ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण