नेपाल आइडल ‘सिजन ३’ विजेताको वर्ल्ड टुर हुने
काठमाडौं । नेपाल आइडलको सिजन ३ को तयारी यतिबेला धुमधामका साथ भइरहेको छ । हाल देशको विभिन्न शहरमा अडिसन भइरहेको प्रतियोगिताको ‘टप ३’ विजेताको वर्ल्ड टुर कार्यक्रम हुने भएको छ ।
गृष्मा ब्रोडकास्टिङले सिजन तेस्रोको ‘टप ३’ बिजेतालाई वल्ड टुर गराउने अधिकार लिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपीवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले ‘टप ३’को वल्र्ड टुर यात्राबारे सम्झौता गरेका छन् ।
‘नेपाल आइडललाई लाइभ हेर्ने इच्छा राख्ने माझ हामी उनीहरुलाई पुर्याउने छौँ,’ गृहेन्द्रले भने ।
कम्पनीले नेपालमा ‘सप्तरंग’को सफलतापछि यसको दोस्रो सिजनलाई समेत आउँदो नोभेम्बरमा गर्ने भएको छ । पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावका लागि सात प्रदेशमा कार्यक्रम आयोजना गरेको गृष्माले दोस्रो सिजन पर्यटन प्रवर्धन र समुन्नतिको अभियानका रुपमा सञ्चालन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण