सन नेपाल लाइफ इन्स्योरेन्स तेस्रो वर्षमा
सोमबार, ०६ असोज २०७६, १९ : १४
काठमाडौं– २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको दोस्रो वर्ष पुरा गरी तेस्रोे वर्षमा प्रवेश गरेको छ ।
यस अवधिमा कम्पनीले पूर्व मेची देखि पश्चिम महाकाली सम्म कार्यालयहरुको स्थापना गरी देशको प्राय सबै जिल्लाहरुमा अभिकर्ता तालिम र बिमालेख बिक्री तथा बिमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।
कम्पनीले यही आश्विन ६ गते समाजिक सेवा दिवसकै अवसरमा कर्पोरेट कार्यालय लगायत शाखा कार्यायलहरुमा रक्तदान, सरसफाई, बृद्धाश्रम÷हस्पिटलमा फलफुल वितरणको साथै अनाथ असाहयहरुलाई कापी, कलम वितरण गरी सम्पन्न गरिएको छ ।