राकममा कर्णाली र सुदुरपश्चिमलाई सहज स्वास्थ्य सेवा दिन शिक्षण अस्पताल बनाउछौं : सह-महामन्त्री महत
दैलेख – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले दैलेखको राकममा शिक्षण अस्पताल बनाउने कुरामा जोड दिएका छन् । उनले सुदुर पश्चिम् र कर्णालीलाई सहज रुपमा स्वास्थ्य सेवा दिन दैलेखको राकममा शिक्षण अस्पताल स्थापना गर्नुपर्ने बताएका हुन्।
बुधबार दैलेखको राकममा नेपाली काँग्रेसका नेताकार्यकर्ताहरु सँगको भेटघाटमा सह–महामन्त्री महतले सुदूर र कर्णालीका मेडिकल पढ्ने इच्छा भएका विद्यार्थीहरुका लागि पनि शिक्षण अस्पताल जरुरी रहेको तर्क गरे।
कर्णाली र सुदूरका जिल्लाका जनताले सिटामोलसम्म खान नपाएर तड्पी रहेको बेला सरकार मुक दसक बनेको उनको आरोप थियो। सह–महामन्त्री महतले राकममा शिक्षण अस्पताल बनाउन आफू पूर्णरुपमा आफ्नो लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले मध्य पहाडी लोकमार्गको एउटा प्रमुख शहरका रुपमा राकम बजारलाई विकाश गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। सह–महामन्त्री महतले भने, ‘हामी सबै तिर बिकास गरौ भनिरहेका छौ सरकार भने हाम्रो कुरालाई बेवास्ता गर्दै भ्रष्टाचार लिप्त छ।’
नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको वर्तमान सरकार संस्थागत भ्रष्टाचार चुरलुम्म डुबेको उनको निष्कर्ष थियो। सोही भेटघाट कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले सरकारले कर्णाली र सुदूर पश्चिमलाई अर्कै देशको नागरिक जस्तो व्यवहार गरेको आरोप लगाए।
शाहले कर्णाली र सुदुर पश्चिम बासी यहि देशका नागरिक भएको भन्दै सरकारले कर्णाली र सुदुरपश्चिममा बिकाश निर्माणका कार्य गर्न किन हिचकिचाएको भनेर प्रश्न पनि गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण