सुजुकीको सर्भिस सेन्टर अब डल्लूमा
काठमाडौं– सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजी होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडौंको डल्लूमा आधिकारिक सर्भिस सेन्टरको शुभारम्भ गरेको छ ।
उक्त शोरुमको उद्घाटन किन्जी साइटो, शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी तथा सिजि होल्डिङ्गसका प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरे । हालै सञ्चालनमा ल्याइएको सर्भिस सेन्टर २३३८१.५२ स्क्वायर फिटको विशाल क्षेत्रमा फैलिएको छ ।
यस सर्भिस सेन्टरमा प्रतिमहिना २००० कारको सर्भिस क्षमता रहेको छ । यहाँ ११ वटा क्षेत्रहरु रहेका छन् जसमा २ वटा एक्स्पे्रेस तथा एकवटा ह्वील अलाइनमेन्ट क्षेत्र रहेका छन् ।
सुजुकीको डाइग्नोस्टिक टुल्सहरुद्वारा सुसज्जित गरिएको यस सेन्टरमा सुजुकीको गाइडलाइन अनुसारका सम्पूर्ण स्पेसियल टुल्सहरु राखिएको छ ।
विक्री पछिको सहज एवं गुणस्तरीय सेवा प्रदान गर्न ग्राहकमुखी सेवा युनिटको स्थापना गरिएको छ, जसले ग्राहकलाई सर्भिसिङ्गको जानकारी प्रदान गरी पोस्ट सर्भिस क्वालिटी चेक समेत गर्ने गर्दछ ।
सर्भिस सेन्टरमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । सिजिमोटोकर्पले आफ्ना सम्पूर्ण सर्भिस टिमहरुलाई उच्चतस्तरीय ट्रेनिङ्ग समेत प्रदान गरेकोछ । पिक एण्ड ड्रप सिस्टम तथा मोबाइल सर्भिस भ्यानको समेत सुविधा उपलब्ध गरिएको छ ।
ग्राहकको सन्तुष्टिलाई नै प्रमुख सेवाको रुपमा लिइएको हुँदा हामीले सुजुकी गाडीहरुको गुणस्तरीय सर्भिसिङ्गको लागि लगानी गरेका छौं । हामीले ७० किलोमिटर अर्धव्यासमा सर्भिस टचप्वाइन्टको स्थापना गर्ने उद्देश्य सहित डल्लुमा सर्भिस सेन्टर स्थापना गरिएको बिजिनेश युनिट प्रमुख श्याम श्रेष्ठले बताए ।
नेपालमा सुजुकीको ३६ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढी पार्टस् आउटलेटहरु रहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण