पार्टी बलियो हुन भ्रातृ सङ्गठन मजबुत हुनुपर्छ: कोइराला
नेपाली-काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीमा गुट उपगुट रहेसम्म पार्टी झनझन कमजोर हुँदै जाने बताएका छन् । उनले पार्टी नेतृत्वले गुट उपगुट हटाउन पहल गर्नुपर्ने बताए ।
प्रजातन्त्र सेनानी सङ्घ सिन्धुपाल्चोकद्वारा आज चौतारामा आयोजीत कार्यक्रममा नेता कोइरालाले पार्टी बलियो हुन भातृ सङ्गठन मजबुत हुनुपर्ने बताए । वर्तमान सरकारले प्रतिपक्षसँगको गहन छलफलबिना मिडिया काउन्सिल र राष्ट्रिय सुरक्षा तथा गुठीसम्बन्धी विवादास्पद विधेयक ल्याउन नहुने उनको भनाइ थियो ।
काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले देशलाई कमजोर अवस्थामा पु¥याएको आरोप लगाए । प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष टङ्क कँडेलले प्रजातन्त्र रक्षाका लागि काङ्ग्रेस क्रियाशील भएर लागेको बताए । कार्यक्रममा २००७ सालदेखि २०४६ सम्मको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ७० प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण