अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरिरहेका छौं: अर्थमन्त्री खतिवडा
शुक्रबार, १० असोज २०७६, १३ : ४६

काठमाडौं– सरकारले ललितपुरको पुल्चोकमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले पुल्चोकस्थित साझा यातायातको कार्यालय भवन वरिपरि अन्तर्राष्ट्रिय स्तरको सम्मेलन बनाउने गरी जग्गाको खोजी कार्यलाई अघि बढाइएको जानकारी दिएका हुन् ।
उनले ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाई पनि सरकारले बनाएको बताए । शुक्रबार ललितपुरको पाटनमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै मन्त्र खतिवडाले सरकारले समग्रतामा ललितपुर जिल्लालाई आधुनिक सहरको रुपमा विकास गर्न चाहेको पनि बताए ।
अर्थमन्त्री खतिवडाले ललितपुर कला र संस्कृतिको हिसाबले पनि अधिक सम्भावना भएको जिल्ला भएको हुनाले त्यसको विकासमा सरकार प्रतिबद्ध भएर लागि परेको दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन