मतदातासामु गगनको वाचा : कहिल्यै थाक्दिन, शिर निहुराउने काम पनि गर्दिन
काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले आफ्नो क्षेत्रका मतदातासँग शिर निहुराउने काम कहिल्यै नगर्ने वाचा गरेका छन् । दशैंको शुभकामना दिन आइतबार आयोजित कार्यक्रममा उपस्थित आफ्ना मतदातासँग सांसद थापाले आफू कहिल्यै नथाक्ने र शिर निहुराउने काम पनि नगर्ने वाचा गरेका हुन् ।
सांसद थापाले आफू निर्वाचित भएदेखि अहिलेसम्म गरेको कामको विवरण आफ्ना मतदातासामू सुनाए । विकास निर्माणका योजनामा आफ्नो सक्रियताका साथै काठमाडौंका सडकनिर्माणका लागि सडक विभागले दिएको हैरानी र कष्टकाबारे पनि मतदातामाझ सांसद थापाले जानकारी गराए ।
विकास निर्माणका काम प्रदेश र स्थानीय तह मातहत गएको भन्दै आफ्नो प्रमुख काम वर्तमान व्यवस्था बचाउन केन्द्रित हुने पनि बताए । उनले भने, ‘२०१५ सालमा प्रजातन्त्र नखोसिएको भए । कति काम अहिले सम्म कति काम भइसक्थ्यो । तत्कालीन पञ्चायती शासनकालका ३० वर्ष व्यर्थमा बितेको र ०४६ सालदेखि ०७६ सालको अर्को ३० वर्षले पनि व्यर्थमा बिते । अब फेरि व्यवस्थामाथि खतरा उत्पन्न भए छोराछोरीको पुस्तालेपनि नेपालमा सम्वृद्धि देख्न पाउने छैन । मेरो प्रमुख ाकम व्यवस्था जोगाउन हुन्छ ।’
साथै उनले कार्यक्रममा आएका मतदातालाई खादा लगाएर दशैंको शुभको शुभकामना आदान प्रदान गरेका थिए । सांसद थापाले कार्यक्रममा मतदातालाई भने, ‘तपाईँहरुले मलाई लगाएका सबै खादा एकै पटक लगाउँदा मैले थेग्नै सक्दैन होला । आज तपाईँहरुलाई खादा लाउन पाउँदा खुसी लागको छ ।’
फरक प्रसंगमा सांसद थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग विचार नै नभएकाले पनि सरकारको काम कारवाही प्रभावकारी हुन नसकेको दावी गरे । ‘दुई कम्यूनिष्ट पार्टी एकीकरण भएर एउटै पार्टी मिल्दा दुवैको गुण समायोजन भई मुलुक अग्रगतिमा जाने अपेक्षा थियो, तर, अहिले दुवै पार्टीको अवगुणहरु मिल्न गएर मुलुक उल्टो गतिमा अघि बढ्न थालेको छ,’ उनले भने ।
चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट हुनुले सरकार फासिस्ट बन्दै गएको संकेत भएको बताए । उनले भने, ‘हिजो चितवनको घटना हेर्नुस्, एउटा नागरिक नेपालको कुनै ठाउँको माटोमा उभिएर आफ्नो विचार राख्दै गर्दा सरकारद्धारा संरक्षित तथा सरकारका मानिसहरुको आह्वानमा उसको ज्यान लिने गरी कुटपिट गरिन्छ । को व्यक्ति को पात्र नहेरौं । सरकारका समर्थकहरु । यसरी यो घटनापछि सरकारको विरोध गर्नेहरुतर्फ पनि लक्षित हुन सक्छ । चितवन घटना सरकार फासिस्ट हुँदै गएको संकेत हो ।’
सांसद थापाले सरकारले कानुन बनाएर, एकपछि अर्को नागरिकको स्वतन्त्रताको हनन् गरेर अधिनायकवादी शासन ल्याउन खोजिरहेको पनि बताए । नेता थापाले सरकारले संसदमा ल्याएको दर्जनौ कानुन संविधान विरोधी भएकाले त्यसको विरोध गर्नु परेको पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण