नेकपा सचिवालय बैठक : महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव
मङ्गलबार, १४ असोज २०७६, १२ : ३७
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउ पुर्याउनुपर्ने सुझाव दिने निर्णय गरेको हो ।
बैठकपछि नेकपाका केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘केन्द्रीय सचिवालयको सम्पन्न बैठकले कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएर छानविन प्रकृयालाई सघाउनुपर्दछ भन्ने निर्णय गरेको छ’ प्रवक्ता श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण