नेकपाका कार्यकर्तालाई नवमण्डलेकरणको दिशामा नधकेलियोस्ः काँग्रेस
काठमाडौं– नेपाली काँग्रेसले पछिल्लो समयसमाजमा प्रकट भइरहेका अनेक असन्तुष्टि र वितृष्णा मूलत वर्तमान सरकारको डेढ वर्षे क्रियाकलापको उपज भएको ठहर गरेको छ ।
काँग्रेसले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकार र सत्तारुढ पार्टीको व्यवहार परिमार्जनतर्फ नभै प्रतिकार तर्फ लक्षित हुनु अत्यन्तै दुःखद रहेको जनाएको छ । कांग्रेसले आफ्ना कार्यकर्ताहरुलाई नवमण्डलेकरणको दिशामा नधकेल्न सचेत गराउँदै जिम्मेवार ढंगले परिचालन गर्न पनि नेकपालाई सचेत गराएको छ ।
केही पहिले चितवनमा ज्ञानेन्द्र शाहीमाथिको आक्रमण र तनहुँमा काँग्रेस नेता मिनेन्द्र रिजालमाथि अवरोध भएपछि काँग्रेसले यस्तो बताएको हो ।
काँग्रेसले भदौ २४ देखि असोज ७ सम्म चलेको हिमाल, पहाड, तराई–मधेश जागरण अयिभानको दोस्रो चरणका क्रममा देशभरका वडा, गाउँ–नगर, क्षेत्र र जिल्ला तह समेतमा गरी ८ हजारभन्दा बढी कार्यक्रमहरु सम्पन्न भएको जनाएको छ ।
अभियानका क्रममा सत्तारुढ कम्युनिष्ट पार्टी एवं अन्य दल परित्याग गरेर ५३ हजार ४ सय ७९ जनाले नेपाली कांग्रेसको सदस्यता लिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
अभियानका क्रममा रहेका औल्याइएका कमजोरी आत्मसात गर्दै र त्यसलाई सच्याउँदै पार्टी अघि बढ्ने पनि उनले जानकारी दिए ।
यस्तै असोज १० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको नेपाली कांग्रेसमा समायोजन प्रकृयालाई अन्तिम रुप दिएसँगै पार्टी पंक्तिमा थप ऊर्जा अभिवृद्धि गरेको पनि शर्माले जानकारी दिए ।
यसैबीच काँग्रेसले असोज २६ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण