सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित

सोमबार, २२ असार २०८३, ०५ : ४१
सोमबार, २२ असार २०८३

मेक्सिको सिटी । विश्वकप फुटबल अन्तर्गत इंग्ल्याण्ड र मेक्सिकोबिचको अन्तिम १६ को खेल खराब मौसमका कारण एक घण्टा ढिलो गरी सुरु हुने भएको छ।

सुरुको तालिका अनुसार नेपाली समय अनुसार बिहान ५:४५ बजे सुरु हुनुपर्ने यो खेल मेक्सिको सिटीको मौसममा आएको खराबीका कारण फिफाले कम्तीमा एक घण्टा पर सारेको पुष्टि गरेको हो।

नयाँ तय गरिएको समयको एक घण्टाभित्र पनि चट्याङ वा बिजुली चम्किने क्रम जारी रहेमा यो खेल अझै ढिलो हुन सक्ने सम्भावना छ। फिफाले एक विज्ञप्ति जारी गर्दै मेक्सिको सिटीको खराब मौसम र रङ्गशाला आसपासमा चट्याङको जोखिम रहेका कारण मेक्सिको र इंग्ल्याण्डबिचको अन्तिम १६ को खेल स्थानीय समय अनुसार बेलुका ७ बजेका लागि सारिएको जनाएको छ। 

फिफाले सबै खेलाडी र समर्थकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै प्रशंसकहरूलाई समझदारी र सहयोगका लागि धन्यवाद समेत दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप