इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
सारांश
- इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि प्रक्रिया तेहरानमा सुरु भएको छ।
- नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पिताको अन्त्येष्टि समारोहमा अनुपस्थित देखिएका छन्, जसले उनको सुरक्षाबारे आशंका बढाएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पको इरानी नागरिकको आँसुलाई 'फर्जी आँसु' को संज्ञा दिने बयानको इरानी नागरिकले कडा प्रतिवाद गरेका छन्।
तेहरान । इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि प्रक्रिया सुरु भएको छ। आइतबार राजधानी तेहरानमा आयोजित शोक सभामा हजारौँ नागरिक र सरकारका उच्च अधिकारीहरू सहभागी भएका छन्।
सो कार्यक्रममा दिवंगत खामेनीका अन्य तीन छोराहरू मसुद, मोस्तफा र मेइशमका साथै राष्ट्रपति मसुद पेजेस्कियान र रिभोलुसनरी गार्डका प्रमुख अहमद वाहिदी उपस्थित थिए।
यद्यपि, इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी भने आफ्ना पिताको अन्त्येष्टि समारोहमा अनुपस्थित देखिएका छन्। गत मार्च महिनाको सुरुमा नयाँ सर्वोच्च नेता नियुक्त भएयता मोज्तबा सार्वजनिक रूपमा देखा परेका छैनन्।
_aIy1aREy0B.webp)
पिताको ज्यान लिने गरी अमेरिका र इजरायलले गरेको हवाई आक्रमणमा उनी पनि घाइते भएको हुनसक्ने अफवाह चलिरहेकै बेला अन्त्येष्टिमा उनको अनुपस्थितिले आशंका अझ बढाएको छ। इजरायलले मोज्तबाको पनि हत्या गर्न सक्ने डरका कारण सुरक्षा सतर्कता अपनाइएको हुनसक्ने अनुमान गरिएको छ। सन् १९८९ देखि इरानमा शासन गरेका अली खामेनीको गत फेब्रुअरीमा निधन भएको थियो।
अधिकारीहरूले यसलाई ‘शताब्दीकै ठुलो अन्त्येष्टि’ को संज्ञा दिँदै इरान र इराकभर हुने विभिन्न कार्यक्रममा १ करोड २० लाखदेखि २ करोड मानिस सहभागी हुने अपेक्षा गरेका छन्। खामेनीको पार्थिव शरीरलाई अहिले तेहरानको ग्रान्ड मोसल्ला धार्मिक स्थलमा राखिएको छ।
_AgchJDXHtW.webp)
आइतबार इरानभर सार्वजनिक बिदा दिइएको थियो। आगामी बिहीबार उनको पैतृक सहर मशहदमा अन्त्येष्टि गरिनुअघि पार्थिव शरीरलाई सोमबार तेहरानमा नगर परिक्रमा गराइनेछ भने मंगलबार कोम र बुधबार इराक लगिने तालिका छ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अन्त्येष्टि कार्यक्रमका कारण शान्ति वार्ता एक हप्ताका लागि स्थगित भएको बताएका छन्। ट्रम्पले इरानी अधिकारीहरू एकै ठाउँमा जम्मा भएका बेला वासिङ्टनले ‘एकै प्रहार’ मा सबैलाई समाप्त पार्न सक्ने भए पनि वार्ताका लागि कोही बाँकी नहुने भएकाले त्यसो नगर्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन्। उनले इरानी नागरिकको आँसुलाई ‘फर्जी आँसु’ को संज्ञा समेत दिएका छन्।
_p8WWMvxmy7.webp)
ट्रम्पको यस बयानको इरानी नागरिकले कडा प्रतिवाद गरेका छन्। अन्त्येष्टिमा सहभागी ५० वर्षीया जहरा सफाआईले भनिन्, ‘हामीले ४७ वर्षअघि नक्कली आँसु बगाउन क्रान्ति गरेका होइनौँ र नक्कली आँसुका लागि हाम्रा सहिदहरूले बलिदान दिएका पनि होइनन्।’
समारोहमा आक्रोशित भीडले अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मृत्युको कामना गर्दै नाराबाजी गरेका छन्। सो क्रममा ‘अमेरिका मुर्दावाद’ र ‘इजरायल मुर्दावाद’ का नारा घन्किएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण