कटहरिया नगरपालिकामा भएको घटनाबारे स्थलगत निरीक्षण
रौतहट– स्थानीय प्रशासनले कटहरिया नगरपालिकामा भएको तोडफोडको स्थलगत निरीक्षण गरेका छन । प्रशासकीय अधिकृत हेमराज फुँयालको नेतृत्वमा मंगलबार गएको टोलीले कटहरिया नगरपालिकामा भएको क्षतिबारे स्थलगत निरीक्षण गरेको हो ।
गत १० गते शिक्षक सरुवाको बिषयलाई लिएर कटहरियाका विद्यार्थी तथा केही बाहिरिया मिलेर कटहरिया नगरपालिकामा आक्रमण गरी लाखौंको क्षति पुरयाएका थिए । उनीहरुले कोठाभित्र रहेको कप्युटर,सिसिटिभी,दराज,फनिचर ,फुटाउनुका साथै भवनको सबै झ्यालका सिसिा फुटाएका थिए ।
घटनाको भोलिपल्ट नगरप्रमुख सियाराम कुश्वाहाले पत्रकार सम्मेलनको आयोजना गरी उक्त घटना गराउनमा शिक्षक सचिन्द्र यादवको प्रत्यक्ष हात रहेको र अन्य केही शिक्षकको अप्रत्यक्ष हात रहेकाले दोषी शिक्षक तथा विद्यार्थीको खोलमा आएकाहरुमाथि कार्वाहीको माग गरेका थिए ।
मंगलवार प्रशासकीय अधिकृत फुयालका साथै शिक्षा कार्यालय गौरका प्रतिनिधि दिपेन्द्र मण्डल र ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रिपेन्द्र सिहंले घटनाको स्थलगत निरीक्षण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण