सतुङ्गलमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मङ्गलबार, १४ असोज २०७६, २१ : १४
काठमाडौँ-थानकोटबाट कंलकी जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
थानकोटबाट कंलकी जाँदै गरेको बा२६ प ४९०३ नम्बरको मोटरसाइकललाई चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलस्थित बागेश्वरी अस्पताल ओरालोमा सोही दिशातर्फ गइरहेको बा ३ ख ३८१७ नम्वरको ट्रिपरले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मुत्यु भएको हो ।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले मृत्यु हुनेमा जिल्ला चितवन रत्ननगर १६ का सुनिल अधिकारी रहेकाे बताए ।
घाइते हुनेमा ललितपुर महाँलक्ष्मी नगरपालिका २ इमाडोल बस्ने ४१ टिका बहादुर बाँनिया रहेको प्रहरी निरीक्षक खड्काले बताए ।
दुर्घटनामा घाइते बाँनियाको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको छ ।
ट्रिपर र ट्रिपर चालक भने महानगरीय प्रहरी बलम्वुले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण