नेकपा ‘सी पथ’मा गयो भनेर बौद्धिकहरुले अबौद्धिक तर्क गरेः प्रधानमन्त्री
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सी पथ अनुशरण गर्यो भनिनुको कुनै अर्थ नरहेको बताएका छन् । उनले नेकपा सी पथमा गयो भनेर ‘बौद्धिकहरुको अबौद्धिक तर्क’ गरेको पनि बताए ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले कसैको सिद्धान्तबारे सुन्दैमा त्यही सिद्धान्त अनुशरण गरेको भन्न नमिल्ने बताए ।
नेकपाको आफ्नै सिद्धान्त र विचार रहेको उल्लेख गर्दै उनले भने, ‘हिजो मेरो कुरा सुन्नु भयो होला, महात्मा गान्धीको विचारबारे लामो बोलेँको थिएँ, मैले माहात्मा गान्धीको विचारबारे बोलेँ भन्दैमा उनकै विचार लागू हुन्छ त ?’ उनले थपे, ‘हाम्रो आफ्नै विचार छ । वौद्धिकहरुले अबौद्धिक तर्क गरेका मात्रै हुन् । हामीले कसैको कुरा भन्दैमा त्यसको विचार अँगाल्ने भन्ने हुँदैन ।’
उनले नेपाल र चीनको आ–आफ्नै मौलिक सिद्धान्त रहेको पनि बताए ।
अर्को प्रसंगमा ओलीले चिनियाँ प्रधानमन्त्री सी जिनपिङको नेपाल भ्रमण आपसी मित्रतालाई बलियो बनाउनमा केन्द्रीत रहने बताए ।
उनले सरकारले छिमेकीसँग सन्बन्धलाई उच्च प्राथमिकतामा साथ अघि बढाउन चाहेको पनि सो क्रममा बोलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण