शान्ति मिसनमा सर्वसाधारणलाई पनि पठाउन थालियो
आइतबार, १९ असोज २०७६, ०८ : ४१
काठमाडौं - शान्ति स्थापनार्थ खटिने संयुक्त राष्ट्रसंघको मिसनमा नेपालबाट गैरसैनिक सर्वसाधारण व्यक्तिलाई पनि पठाउन थालिएको छ । यसअघि सैनिक सुरक्षाकर्मी मात्र जाने गरेको मिसनमा दोभासेका रूपमा सर्वसाधारणलाई पनि लैजान थालिएको हो ।
सैनिक प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनमा खटिएको २ सय ९ जनाको ‘एड्भान्स’ टोलीमा एक जना सर्वसाधारणलाई दोभासेका रूपमा पठाइएको छ । उक्त मिसनमा फ्रेन्च भाषाका लागि दोभासेका रूपमा काम गर्न गएका व्यक्तिको नाम भने उनले खुलाउन चाहेनन् । पाण्डेका अनुसार ती व्यक्तिले काम थालिसकेका छन् । ‘रक्षा मन्त्रालयको स्वीकृतिमा दोभासे व्यक्तिलाई करारमा नियुक्त गरेर शान्ति मिसनमा पठाइएको हो,’ पाण्डेले भने । कान्तिपुर दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण