टोटनह्याम : अर्को लज्जास्पद हार, अर्को रेकर्ड
एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा शनिबार ब्राइटन एण्ड होभ एल्बियनसँग ३–० को लज्जास्पद हार बेहोर्ने क्रममा टोटनह्यामले फेरि अर्को रेकर्ड बनाएको छ ।
ब्राइटनलाई जीत दिलाउन एरोन कोनोलीले दुई तथा निल माउपेले एक गोल गरे ।
यो पराजयसँगै स्पर्स सन् २०१९ मा शीर्ष लिगमा सबैभन्दा बढी हार बेहोर्ने टोली बनेको हो ।
चार दिनअघि मात्र च्याम्पियन्स लिगमा स्पर्स आफ्नो घरेलु मैदानमा ७–२ को शर्मनाक हार बेहोरेको थियो । क्लबको १३७ वर्ष लामो इतिहासमा यो सबैभन्दा ठूलो अन्तरको पराजय थियो ।
अहिले प्रियिमर लिगमा स्पर्स आठौँ स्थानमा रहेको छ भने शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १३ अंकले पछि परेको छ ।
घरेलु मैदानबाहिर स्पर्सले जित निकाल्न नसकेको ९ महिना भइसकेको छ ।
सन् २०१९ मा मात्र सबै प्रतियोगितामा १७ खेल हारिसकेको छ ।
टोटनह्यामको खराब फर्मका कारण म्यानेजर माउरिसियो पोचेटिन्होलाई बर्खास्त गर्ने चर्चा समेत चल्न थालेको छ । तर, पोचेटिन्होले आफू यस कुराबाट चिन्तित नरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण