चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : पोष्टर च्यात्ने जँड्याहादेखि फ्रि तिब्बत गतिविधिमा संलग्न पक्राउ
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा स्वागतको लागि सडक छेउमा टाँसिएको पोष्टर च्यात्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उदयपुरका गोपाल सार्की र रौटहटका राजकुमार यादव रहेका छन् । तीनकुनेको पुलमा राखिएका पोष्टर च्यातेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे ।
उनीहरूलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।
डीएसपी बोगटीका अनुसार मापसे गरेर गोपाल सार्कीले राष्ट्रपति सीको नेपाल भ्रमणमा स्वागतको लागि सडक छेउमा राखिएको पोष्टर च्यातेका हुन् । मापसे गरेर सार्कीले च्यातेको त्यही पोष्टर राजकुमारले पछि च्यात्दै हिँडेको प्रहरीले जनाएको छ ।
यस्तै फ्रि तिब्बतको गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको डीएसपी बोगटीले रातोपाटीलाई जानकारी दिए ।
चोभारबाट २ जना, स्वयम्भुबाट १ जना र बौद्धबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका चारै जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।
उनीहरुमाथि थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
-
मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण