सांसद आलम पक्राउ प्रकरण : काँग्रेस रौतहटको आपत्ति, प्रहरी कार्यालयमा ढुङ्गामुढा
रौतहट । सङ्घीय सांसद मोहमद आफताब आलमलाई पक्राउ गरेकोप्रति नेपाली काँग्रेस रौतहटले आपत्ति जनाएको छ । सांसद आलम पक्राउको खबर मिडियामा आएसँगै काँग्रेसका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालयमाथि ढुङ्गामुढा समेत गरेका छन् ।
नेपाली काँग्रेसका जिल्ला सभापति कृष्णप्रसाद यादवले आइतवार अपरान्ह गौरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सांसद आलम पक्राउ परेको घटनाप्रति सरकारको गम्भीर ध्यानकर्षण गरे ।
जिल्ला पार्टी कार्यालयमा नेपाली काँग्रेसद्धारा चियापान कार्यक्रमको तयारी गरिरहेको अवस्थामा पूर्वमन्त्री समेत रहेका सङ्घीय सांसद आलमलाई पक्राउ गरी कम्युनिस्ट सरकारले कार्यक्रम बिथोल्ने षड्यन्त्र गरेको सभापति यादवको भनाइ थियो ।
विपक्षीहरुलाई डुबाउने, हेर्ने नचाहने, बोल्दैमा जेलसम्म हाल्न पछि नपर्ने केपी ओली नेतृत्वको सरकार काँग्रेस कार्यकर्ताको मनोबल घटाउन सांसद आलमलाई पक्राउ गरेको यादवले आरोप लगाए ।
‘सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतको बिना पुर्जी सरकारको दबाबमा सांसद आलमको पक्राउप्रति जिल्लाका सबै कार्यकर्ताले खेद प्रकट गर्दछ,’ उनले भने ।
आलमलाई प्रहरीले तत्काल रिहा नगरे चरणबद्ध आन्दोलन गर्ने सभापति यादवले चेतावनी समेत दिए ।
सभापति यादवले सर्वोच्च अदालतले सांसद आलमलाई पक्राउ गर्न तीनबर्ष अघिनै पत्रचार गरेको स्वीकार गर्दै अदालतको उक्त आदेशपछि सोही मुद्दामा आलमको तर्फबाट पुनरावेदन गरिएकाले मुद्दाको फैसला नहुन्जेल पक्राउ गर्न नहुने तर्क राखेका थिए ।
आलम पक्राउ प्रकरणमा आवश्यक्ता अनुसार आन्दोलनको कार्यक्रम तय गर्ने सभापति यादवले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
यतिबेला नेपाली कांग्रेसको आयोजनामा सदरमुकाम गौरमा आलम पक्राउको विरुद्धमा शान्तिपूर्ण आन्दोलन भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

