सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
शनिबार, ०९ साउन २०८३, २२ : ११
सारांश
- कांग्रेस सभापति गगन थापाले सांसद गणेश पौडेलमाथि भएको मसी प्रहारको घटनाको कडा शब्दमा निन्दा गरेका छन्।
- थापाले लोकतन्त्रमा असहमति स्वाभाविक भए पनि हिंसा वा दुर्व्यवहार स्वीकार्य नहुने बताएका छन्।
- उनले असहमतिलाई संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको मसी प्रहारको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यस्तो गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको बताएका छन्।
थापाले लोकतन्त्रमा विचार फरक हुन सक्ने, असहमति पनि स्वाभाविक हुने उल्लेख गर्दै त्यसका नाममा कुनै व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने स्पष्ट पारे।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन।”
रौतहटको गढीमाई नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी भएका सांसद गणेश पौडेलमाथि स्थानीयवासीले मसी प्रहार गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण