१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ।
- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार बसेको प्रदेशसभा बैठकमा पदबाट राजीनामा दिएका छन्।
- शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा दिएपछि र सरकारबाट अन्य मागमा आश्वासन पाएपछि ककरोच जनता पार्टी (सीजेपी) ले जन्तर(मन्तरमा जारी ३७ दिन लामो आन्दोलन फिर्ता लिएको छ।
आज २०८३ साउन ९ गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. एमाले र नेकपाबिच ३ बुँदे सहमति
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ।
२.कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा उनले पदबाट राजीनामा दिएका हुन् ।
३. भारतमा सीजेपी आन्दोलन
शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा दिएपछि र सरकारबाट अन्य मागमा आश्वासन पाएपछि ककरोच जनता पार्टी (सीजेपी) ले जन्तर(मन्तरमा जारी ३७ दिन लामो आन्दोलन फिर्ता लिएको छ।
४. गोविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने भएको छ ।
५.कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छिन् ।
६. परीक्षा सुरु भएको ६ मिनेटमै बाहिरियो प्रश्नपत्र
त्रिभुवन विश्वविद्यालय (त्रिवि) एमबीएस प्रथम वर्षको प्रथम सेमेष्टरको परीक्षाको प्रश्नपत्र केही समयमै बाहिरिएको घटना सार्वजनिक भएको छ।
७.उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
नेकपा (एमाले) भोजपुरले आफ्ना पार्टीका नीति र विधान विपरीत गतिविधिमा संलग्न रहेको ठहर गर्दै जिल्लाका पाँच जना जनप्रनितिधिहरुलाई कारबाही गरेको छ।
८. प्रदेश सरकार
केन्द्रमा भएको सत्ता समीकरणबारे सहमतिसँगै प्रदेशमा सत्ता समीकरण बदलिने भएको छ । नेकपा (एमाले)ले काँग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति गरेसँगै प्रदेशमा सत्ता समीकरण बदलिने भएको हो ।
९.निजी क्षेत्रसँग प्रधानमन्त्रीको संवाद
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यसहित निजी क्षेत्रका उद्योगी–व्यवसायीसँगको संवादलाई तीव्र बनाएका छन् ।
१०.सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक
व्यावसायिक कृषि प्रणालीलाई प्रोत्साहन गर्दै कृषि उत्पादन बढाउन स्थानीय तहहरूले दिँदै आएको सहुलियतपूर्ण अनुदान कार्यक्रममा संघीय सरकारले अंकुश लगाएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण