काँग्रेस र हामीमा अहिले कटुता हैन मित्रता छ: प्रधानमन्त्री ओली
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथि पर्न नदिने बताएका छन् । नेपाली काँग्रेसले वडा दशैं लगायत विभिन्न चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ बर्ष देखिका आफ्ना साथी भएको स्मरण गर्दै आफ्नो लोकतन्त्रप्रतिको निष्ठा उनीहरुलाई राम्ररी जानकारी भएको बताएका छन् । ‘शेरबहादुर देउवा, रामचन्द्र पौडेल मेरा ४५ बर्ष देखिका साथी हुनुहुन्छ । उहाँहरुलाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ । त्यो निष्ठालाई म तलमाथि हुन दिन्न्’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले दशैं लगायतका चाडवाडले नेपालीको संस्कृतिलाई जीवन्त राख्ने मात्र नभई आपसी सम्बन्धलाई पनि बलियो बनाउने बताएका छन् । ‘यस प्रकारका चाड र शुभकामनाका कार्यक्रमले राजनीतिक दलहरु बीचको कटुतालाई पनि अन्त्य गर्छन्’ प्रधानमन्त्री ओलीले भने, ‘तर अहिले त हामीमा कटुता हैन मित्रता छ । यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक व्यापार व्यवसाय ऐन शंशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण