बुटवल–गोरखपुर प्रशारण लाइनमा सहमति जुटाउन नयाँ दिल्लीमा बैठक
मङ्गलबार, २८ असोज २०७६, ०७ : २७
नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारी समितिको (जेएससी) को बैठक सोमबारदेखि भारतमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको वित्तीय ढाँचा निर्माण, इनर्जी बैंकिङ लगायतबारे छलफल हुने कार्यक्रम छ ।
अमेरिकी सरकारले ऊर्जा र सडक मर्मताका लागि लिएको ५ सय मिलियन डलरको अनुदान सहयोगका लागि बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनलाई समेत एउटा सर्तको रुपमा लिइएको छ ।
आगामी असारदेखि मिलिनियम चालेन्ज कर्पोरेसन (एमसीसी) को सो योजना निर्माण गर्ने घोषणा गरिरहेको छ । बुटवल–गोरखपुर प्रशारण लाइन अघि बढाउने ठोस सहमति हुन नसकेमा अनुदानमा समेत असर पर्ने भएकाले यसलाई बैठकमा महत्वपूर्ण एजेन्डाका रुपमा लिइइको छ । यो समाचार आजको कारोबार दैनिमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण