नेकपाको एकीकरण, अझै पुगेन धार्नी
नेपाल कम्युनिस्ट पार्टी्भित्र बाँकी रहेको एकताको काम अझै एक महिना लम्बिने भएको छ।पार्टी एकता भएको डेढ वर्ष पुग्दासमेत शीर्ष तहको असमझदारीका कारण टुंगो लाग्न सकेको छैन। पार्टी एकता घोषणा हुँदा तीन महिनाभित्र तल्लो कमिटीसम्म एकताको सम्पूर्ण काम सम्पन्न गर्ने घोषणा गरेको १८ महिना पुग्दासमेत आन्तरिक किचलोका कारण पूर्णता पाउन सकेको छैन।
सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र विभिन्न जनवर्गीय संगठनको एकताको काम सम्पन्न भए पनि अधिकांश स्थानीय तहका कमिटीले पूर्णता पाउनसकेको छैन। प्रदेश कमिटीले स्थानीय कमिटीको एकता टुंगो लगाउन जिल्ला कमिटीलाई निर्देशन दिए पनि केन्द्रमा रहेको गुटको प्रभावका कारण प्रभावित हुँदै आएको छ।
वरिष्ठ नेता माधवकुमार नेपाल केही विषयमा असन्तुष्टि राख्दै आएका छन् । पहिलो वरिष्ठ नेताबाट दोस्रो वरीयताको वरिष्ठ नेता बनाइएको भन्दै सचिवालय बैठकमा पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भनाभन भएको थियो। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण