एनआरएनए विश्व सम्मेलन काठमाडौँमा सुरु (फोटोफिचर)

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच सम्मेलनको उद्घाटन गरेकी हुन् ।
‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ ।
दुई दिनसम्म होटल हायात रिजेन्सीमा चल्ने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन् । मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ ।
आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा सम्मेलन आयोजना भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न एनआरएनहरुलाई आह्वान गरिन् ।‘नेपालको विकास र सम्बृद्धिमा एनआरएनले खेलेको भूमिका महत्वपूर्ण छ, एनआरएनले गदैै आएको सहयोगका लागि धन्यवाद दिँदै निरन्तरताको कामना गर्दछु ’ उनले भनिन् ।
यसैगरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष शेष घले तथा अध्यक्ष भवन भट्टले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो टेलिकमको बिलिङ प्रकरण ?, अख्तियारले कहाँनिर देख्यो भ्रष्टाचार ?
-
वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य, १ हजार ४३ कम्पनी तोकिएको देशमा काम गर्न पत्राचार
-
१५ औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कैलालीलाई
-
बेरिङटनको शतक, नेपालसामु विशाल लक्ष्य
-
आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार