काली प्रसाद बाँसकोटाको ‘माझी’ टुबोर्ग ओपन सेसन्स् २ पहिलो संस्करणमा
काठमाडौं– गायक, गीतकार तथा संगीतकार काली प्रसाद बाँसकोटाको लोकप्रिय गीत ‘माझी’ को प्रत्यक्ष प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।
टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ ।
बाँसकोटाको निकै लोकप्रिय गीत माझी टुबोर्ग ओपन सेसन्स्को दोस्रो संस्करणमा प्रस्तुत गरिएको पहिलो गीत हो । गीतका शब्दहरुले एक सामान्य माझीको आशा, बेदना, भाग्य र गन्तब्यको कथा बताउछ ।
बाँसुरीको आन्नदायी धुन र बाँसकोटाको स्वरले गीतलाई जीवन्त बनाएको छ । चलचित्र ‘पुरानो डुङ्गा’ को लागी बाँसकोटाले लेखेको यो गीतले सबैको मन छुन सफल भएको छ ।
टुबोर्ग ओपन सेसन्स् २ को यस पहिलो गीतको संगीत निर्माता तथा एरेन्जर रोहित शाक्य रहेका छन् ।
काली प्रसाद बाँसकोटोका प्राय सबै गीतहरु निकै प्रचलित छन् र धेरैले रुचाएकाले थुप्रै सांगीतिक अवार्डहरु हात पार्न सफल रहेका छन् ।
टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् सिजन २ ले पहिलो संस्करणमा जस्तै नेपाली संगीतकारहरुलाई सँगै ल्याई थुप्रै नयाँ सांगीतिक प्रस्तुति र सहकार्यहरु पेश गर्ने क्रम जारी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण