काम भएको छैन भन्नेहरु आँखा खोलेर हेर्नुस्, बुढाबुढीलाई सोध्नुस् : प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काम भएन भनेर सरकारको आलोचना गर्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन् । दशै, तिहार, नेपाल संवत तथा छट पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टीले बुधबार काठमाडौंको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नयाँ गतिका साथ देशलाई अघि बढाएको बताए ।
उनले सरकारले केही पनि गरेन भनेर हल्ला गर्नेहरुलाई सरकारको कामले केही फरक पर्यो कि परेन भनेर बुढाबुढीलाई सोध्न आग्रह गरे । उनले सरकारले १ सय रुपैयाँ दिएर बैंक खाता खोल्ने अभियान थालेपछि प्रत्येक नेपालीको बैंक खाता भएको बताए ।
नेपालको पानी, जनताको लगानी कार्यक्रम गरिरहेको, तुइन बिस्थापन गरी झोलुंगे पुल निर्माण भइरहेको, पोखरा र भैरहवामा ठूला विमानस्थल तयार हुँदै गएको ७२ अरब बैदेशिक लगानी ७६ अरब पुगेको समेत प्रधानमन्त्री ओलीले उल्लेख गरे ।
उनले संविधानमा भएको मौलिक हकलाई व्यवहारिक रुपमा प्रयोग गरिरहेको, साना ठूला देशहरुसँग समान रुपमा सम्बन्ध स्थापना गरिरहेको बताउँदै केही भएन भनेर हल्ला गर्नेहरुको पछाडि लाग्न नहुने बताए ।
उनले दशैं तिहार लगायतका नेपालका चाडपर्वहरु, सांस्कृतिक उत्सवहरु आपसी सम्बन्ध बलियो बनाउनका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै सबै भूगोलमा बस्ने विभिन्न जातजातीलाई एकताबद्ध गरिरहेको बताए । नेपाली चाडपर्वहरुको सामाजिक महत्व रहेको बताउँदै प्रधानमन्त्री ओलीले टाढा टाढाबाट आफन्त घर फर्किएर आउने, कटुताहरु अन्त्य भई सम्बन्ध बलियो हुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक व्यापार व्यवसाय ऐन शंशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण