एनआरएनएको चुनावी प्रचार अभियान तीव्र
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका चयनका लागि चुनावी प्रचार अभियानलाई तीव्रता दिइएको छ । काठमाडौंको होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कूल आचार्यले आ–आफनो टिम बनाएर चुनावी प्रचार अभियानलाई तीव्रता दिएका हुन् ।
चुनावी प्रचार अभियानका क्रममा पन्त र आचार्यले आ–आफनै पक्षको जीत हुने दावी पनि गरेका छन् । सत्तारुढ नेकपा निकट मानिएका अध्यक्षका उम्मेदवार पन्तले एनआरएनएको सदस्यता निःशुल्क वितरण गर्ने विषयलाई मुख्य एजेन्डा बनाएका छन् भने प्रतिस्पर्धी आचार्यले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई राहत दिन छुट्टै ‘पसिना कोष’ स्थापना गर्ने विषयलाई मुख्य एजेन्डाको रुपमा अघि सारेका छन् । पन्तले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउने एजेन्डालाई जोड दिएका छन् ।
अर्का अध्यक्षका प्रत्यासी आचार्यले पसिना कोषको स्थापना गरेर सबै गैरआवासीय नेपालीहरुलाई राहत उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । उनले मुलुकको विकासमा गैरआवासीय नेपालीहरुको श्रम, सीप र पूँजी परिचालन गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
अहिले निर्वाचनका लागि मतदानको तयारी भइरहेको छ । निर्वाचनमा भाग लिनका लागि एनआरएनएका २६ सयभन्दा बढि प्रतिनिधिहरु सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण