एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु, मतदानस्थलमा मोबाइल फोन निषेध
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको मतदान सुरु भएको छ ।
साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको हो । विद्युतीय (इलेक्ट्रोनिक) मेसिनबाट मतदान भइरहेको छ ।

मतदान स्थलमा मोबनाइल फोन निषेध गरिएको छ । यस्तै मतदान प्रक्रिया सुरु भएसँगै मतदान स्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
मतदाताले ३ घण्टासम्म भोट हाल्न नदिएको भन्दै २० हजार फिर्ता माग्दै नाराबाजी लगाएका थिए ।
आक्रोशित भीडले मतदान स्थाल बहिरको केही टेबल कुर्सी फुटाएका थिए । एनआरएनएको अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन् ।

काठमाडौंमा जारी विश्व सम्मेलनअन्तर्गत हुन लागेको निर्वाचनमा उपाध्यक्षद्वय पन्त र आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता छ । एनआरएनएको ९ औं सम्मेलन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । एनआरएनएको ४२ पदका लागि मतदान हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण