एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु, मतदानस्थलमा मोबाइल फोन निषेध

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको मतदान सुरु भएको छ ।
साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको हो । विद्युतीय (इलेक्ट्रोनिक) मेसिनबाट मतदान भइरहेको छ ।
मतदान स्थलमा मोबनाइल फोन निषेध गरिएको छ । यस्तै मतदान प्रक्रिया सुरु भएसँगै मतदान स्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
मतदाताले ३ घण्टासम्म भोट हाल्न नदिएको भन्दै २० हजार फिर्ता माग्दै नाराबाजी लगाएका थिए ।
आक्रोशित भीडले मतदान स्थाल बहिरको केही टेबल कुर्सी फुटाएका थिए । एनआरएनएको अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन् ।
काठमाडौंमा जारी विश्व सम्मेलनअन्तर्गत हुन लागेको निर्वाचनमा उपाध्यक्षद्वय पन्त र आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता छ । एनआरएनएको ९ औं सम्मेलन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । एनआरएनएको ४२ पदका लागि मतदान हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘सशस्त्र प्रहरीलाई अर्धसैनिक बलकै रूपमा लैजानुपर्छ’
-
सुशील र अञ्जनाको ‘परिवर्तन’ झापाबाट सुरु
-
ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र
-
‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची