मेस्सीले जिते ‘गोल्डेन बुट’ अवार्ड
बुधबार, २९ असोज २०७६, २१ : ५२
एजेन्सी –बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले युरोपियन ‘गोल्डेन बुट’ अवार्ड जितेका छन् । स्पेनमा बुधबार आयोजित विशेष समारोहमा मेस्सीलाई यस अवार्ड प्रदान गरिएको छ ।
युरोपियन लिगमा यस सिजन सवार्धिक गोल गरेका कारण मेस्सी यस अवार्डको हकदार बनेका थिए । मेस्सीले यस सिजन ३६ गोल गरेका थिए ।
उनले अवार्ड जित्ने क्रममा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पेलाई पछि पारे । एमबाप्पेले ३३ गोल गरेका थिए ।
यससँगै मेस्सी सर्वाधिक ६ पटक गोल्डेन बुट जित्ने खेलाडी पनि बनेका छन् । उनी पछि यस अवार्ड चार पटक पोर्चुगल तथा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले जितेका छन् । अवार्ड समारोहमा मेस्सी परिवारसहित उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण