‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
सारांश
- वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक भएको छ।
- युग भुसालको शब्द तथा संगीत रहेको गीतमा रुबाई र सरोदी कुमारको स्वर छ भने रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्।
- साहित्यकार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित यो चलचित्र साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
काठमाडौँ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक गरिएको छ। गीतमा युग भुसालको शब्द तथा संगीत रहेको छ भने रुबाई र सरोदी कुमारको स्वर छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतमा फिल्मका मुख्य कलाकारकाे अभिनय देख्न सकिन्छ ।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित यस चलचित्र साउन २२ गते (अगस्ट ७)देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
चलचित्रमा निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवं सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन्। चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन्।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन, किरण तुलाधरको पार्श्व संगीत, मुकेश शाहको साउन्ड मास्टरिङ , रेनिश फागोको रङ संयोजन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। चलचित्र ‘कमला मिस’ लाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण