एनआरएन चुनाव स्थगित, मतदानस्थलमा नाराबाजी
बुधबार, २९ असोज २०७६, २२ : ११
काठमाण्डौं – आज साँझ अवेर गरि सुरु भएको गैरआवासीय नेपाली संघको मतदान स्थगित भएको छ । विद्युतीय (इलोक्टोनिक) मतदान सुरु भएको केही समयमै प्राविधिक समस्या आएपछि बिहीबार १० बजे सम्मका लागि मतदान स्थगित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाए ।
साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको थियो । तर भोटिङ मेसिनमा समस्या आएपछि मतदाता आक्रोशित भएका छन् । उनीहरुले चर्को विरोध गर्दै नाराबाजी समेत गरेका छन् ।
एनआरएनएको अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन् ।
एनआरएनएको ९ औं विश्व सम्मेलन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । एनआरएनएको ४२ पदका लागि मतदान हुन लागेकाे हाे । सम्मेलनमा विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण