एनआरएन मतदानस्थलमा फेरि तनाव
काठमाडौं–गैरआवासीय नेपाली संघ एनआरएनको मतदानस्थलमा फेरि तनाव भएको छ ।
निर्वाचन समितिले फेक मतदातालाई समेत भोट हाल्न दिएको भन्दै कूल आचार्य समूहले विरोध गरेपछि मतदानस्थलमा फेरि तनाव भएको हो ।
आचार्य समूहले मतदान रद्द गर्न गर्न माग गर्दै नाराबाजी गरिरहेका रातोपाटीकर्मी लोकेन्द्र भट्टले जनाएका छन् ।
एनआरएन चुनावी प्रक्रिया सु्रु भएसँगै मतदानस्थलमा पटक पटक तनाव हुँदै आएको छ । बुधबार पनि एनआरएनहरुले मतदानस्थलमा राखिएका कुर्सीहरु तोडफोड गरेका थिए ।
एनआरएनमा ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि विद्युतीय मेसिनबाट मतदान हुने भनिएपनि प्राविधिक समस्या आएपछि मतपत्रबाटै बिहीबार साढे ११ बजेदेखि मतदान सुरु भएको छ । अहिले तनाव र विवादका बीच पनि मतदान भने चलिरहेको छ।
‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।
सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण