सागका लागि ह्यान्डबल खेलाडी छनोट
काठमाडौं– नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)प्रतियोगिताका लागि ह्यान्डबल खेलाडीको छनोट गरिएको छ । सागको लागि प्रशिक्षणमा रहेका खेलाडीबाट पुरुष र महिलातर्फ १६–१६ जना खेलाडी छनोट गरिएको नेपाल ह्यान्डबल संघले जनाएको छ ।
छनोट भएका खेलाडीहरुमा पुरुषतर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपकसिंह बोहोरा, सन्दीप कार्की, रणसिंह रावत, इन्द्रनारायण चौधरी, मदनचुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव बिष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन् ।
यसैगरी महिलामा बबिता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पनावली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा छन ।
छनोट समितीले पुरुष र महिलातर्फ ५–५ जना वैकल्पिक खेलाडीलाई पनि समावेश गरेको छ । महिलातर्फ बैकल्पिक खेलाडीमा जिना राई, साधना वम, विष्णा बोगटी, देबी श्रेष्ठ र मञ्जु राउत छन् । पुरुषमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रविण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण