मधेश आन्दोलनमा काङ्ग्रेस र जनकपुरको अह्म भूमिका छ : उपसभापति निधि
जनकपुर – नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुरले प्राचिनकालमा बौद्धिक र बिगतदेखि विभिन्न आन्दोलनको अगुवाई गर्दै आएको बताएका छन् । बिहीवार जनकपुरमा आयोजित कार्यक्रममा पूर्वगृहमन्त्री समेत रहेका उपसभापति निधिले आन्दोलनको केन्द्र जनकपुर भएको भन्दै त्यसको नेतृत्व काँग्रेसले गर्दै आएको बताए ।
नेपाली कांग्रेस जनकपुरधाम वडा नम्बर १ का पूर्व वडा सभापति रामकुमार साहको शोकसभामा नेता निधीले विभिन्न समयमा भएको मधेश आन्दोलनमा समेत काङ्ग्रेसको अह्म भूमिका भएको बताए ।
उनले काङ्ग्रेस बिना जनकपुरमा कुनै किसिमको मधेश आन्दोलन सम्भव नभएकाले काङ्ग्रेस र जनकपुर सधै केन्द्रबिन्दु रहदै आएको बताए । उनले बिगतमा भएको आन्दोलनको केन्द्रबिन्दु जनकपुर नै रहेको र हरेक मधेश आन्दोलन्मा काङ्ग्रेसले मुख्य भूमिका खेलेकाले अहिलेको परिवर्तन सम्भव भएको बताए ।
कार्यक्रममा पूर्व सभासद दिनेस प्रसैला, जिल्ला उपसभापति संतोष यादव ,सचिव विशेश्वर यादव , क्षेत्रीय सभापति कन्हैया कर्ण, नगर सभापति मनोज साह लगायतकाले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण