मधेश आन्दोलनमा काङ्ग्रेस र जनकपुरको अह्म भूमिका छ : उपसभापति निधि
जनकपुर – नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुरले प्राचिनकालमा बौद्धिक र बिगतदेखि विभिन्न आन्दोलनको अगुवाई गर्दै आएको बताएका छन् । बिहीवार जनकपुरमा आयोजित कार्यक्रममा पूर्वगृहमन्त्री समेत रहेका उपसभापति निधिले आन्दोलनको केन्द्र जनकपुर भएको भन्दै त्यसको नेतृत्व काँग्रेसले गर्दै आएको बताए ।
नेपाली कांग्रेस जनकपुरधाम वडा नम्बर १ का पूर्व वडा सभापति रामकुमार साहको शोकसभामा नेता निधीले विभिन्न समयमा भएको मधेश आन्दोलनमा समेत काङ्ग्रेसको अह्म भूमिका भएको बताए ।
उनले काङ्ग्रेस बिना जनकपुरमा कुनै किसिमको मधेश आन्दोलन सम्भव नभएकाले काङ्ग्रेस र जनकपुर सधै केन्द्रबिन्दु रहदै आएको बताए । उनले बिगतमा भएको आन्दोलनको केन्द्रबिन्दु जनकपुर नै रहेको र हरेक मधेश आन्दोलन्मा काङ्ग्रेसले मुख्य भूमिका खेलेकाले अहिलेको परिवर्तन सम्भव भएको बताए ।
कार्यक्रममा पूर्व सभासद दिनेस प्रसैला, जिल्ला उपसभापति संतोष यादव ,सचिव विशेश्वर यादव , क्षेत्रीय सभापति कन्हैया कर्ण, नगर सभापति मनोज साह लगायतकाले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्