प्रधानमन्त्री भन्छन्, आँखा खोले देखिन्छ, खै कहाँ छ द्रुत विकास ?
प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा खोलेर हेरेमात्र सरकारले गरेको विकास देखिने दाबी गरे पनि वास्तविकता त्यस्तो छैन। मुलुकका निर्माणाधीन विकास आयोजना पुरानै लयमा अघि बढिरहेका छन्। दुईतिहाइको बलियो सरकार गठन भएपछि सर्वसाधारणको जस्तो आशा थियो, त्यसअनुसार सरकारले द्रुत गतिमा काम गर्न सकेको छैन।
पहिलेदेखि नै निर्माणाधीन आयोजनाको गति ओली सरकारका पालामा झनै घटेको छ। विगत तीन वर्षको तुलनामा यो वर्ष सरकारको पुँजीगत बजेट खर्च सबैभन्दा कम भएबाट पनि काम गराइ मन्द गतिमा भएको पुष्टि हुन्छ। प्रधानमन्त्री ओलीले भने सार्वजनिक रुपमै पटकपटक सरकारले विकास निर्माणमा छलाङ मारेको बताइरहेका छन्।
नेकपाले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा सरकारले विकास गर्न सकेन भनेर आलोचना गर्नेहरुलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा विकास र समृद्धिका लागि धेरै काम भएका छन्। आँखा चिम्लेर केही पनि भएको छैन भन्नेहरुले आँखा खोलेर हेर्नुपर्छ।’ यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक व्यापार व्यवसाय ऐन शंशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण